Section 20
मुख्य भई काम गर्नेले कसूर गरेको मानिने
: कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस ऐन बमोजिम कसूर मानिने कुनै काम गरेमा फर्मको हकमा त्यस्तो काम गर्दाका बखत कायम रहेका फर्मका हिस्सेदार र कम्पनी वा सङ्गठित संस्थाको हकमा त्यस्तो कम्पनी वा संस्थाको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो कसूर गरेको मानिनेछ ।
तर मुख्य भई काम गर्ने व्यक्ति नियुक्ति हुनु अगावै त्यस्तो काम भए गरेको वा सो काम गर्ने निर्णय त्यसरी मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी बिना भएको हो भन्ने कुरा प्रमाणित भएमा जसले त्यस्तो काम गरेको छ सोही व्यक्तिले कसूर गरेको मानिनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले कम्पनी वा सङ्गठित संस्थाको अध्यक्ष, सञ्चालक समितिका सदस्य, महाप्रवन्धक, प्रवन्ध निर्देशक वा सोही हैसियतमा काम गर्ने व्यक्ति सम्झनु पर्छ ।